बलात्कार आरोपमा भारतीय पक्राउ
संखुवासभाको मादी नगरपालिका ४ मा आइतबार एक महिलालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक रुपमा कमजोर स्थानीय ३५ वर्षीया महिलालाई भारतीय नागरिक शेफ कुलिन (३९) ले बलात्कार गरेको जनाउँदै पीडित परिवारले उजुरी दिएको छ ।
भारत माल्दा जिल्ला नमुनिया घर भई कवाडीका सामग्री खरीद गर्न मादी पुगेका कुलिनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार, मानसिक रोगी महिलालाई मेलबोटे जंगलमा कुलिनले जबरजस्ती करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
कवाडी सामग्री खरीद गर्न नियमित आउजाउ गर्ने कुलिनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालिएको लामाले बताए ।