थप समाचारआइतबार, २६ आश्विन , २०७६

चिनियाँ राष्ट्रपतिको बिदाइका केही झलक

हिमालखबर

नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ ।

तस्वीरहरु : रासस

सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनको सवारी हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले बिदाइ गरेका थिए ।

दिउँसो १ः४५ बजे राष्ट्रपति सी सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागेका थिए ।

उनको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर प्रतीक्षारत थिए ।

राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए ।

बिदाइका क्रममा उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस