समाचारआइतबार, २६ आश्विन , २०७६

कांग्रेस सांसद मोहम्मद अफताब आलम पक्राउ

हिमालखबर

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम रौतहटबाट पक्राउ परेका छन् ।

कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले गौरमा आयोजना गरेको चियापानमा सहभागी हुन जाँदै गर्दा आलमलाई पक्राउ गरिएको छ ।

२७ चैत २०६४ मा राजपुर फरहदवामा भएको बम बिस्फोट गराएको आरोपमा आलमलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । त्यस बेला भएको बिस्फोटमा दुई जनाको ज्यान गएको थियो ।

आलम राैतहट-२ बाट प्रतिनिधिसभाका सांसद हुन् ।

प्रतिकृया दिनुहोस