राष्ट्रपति सीसँग नेकपाका सचिवालय नेताहरुको सामुहिक भेटवार्ता
चिनियाँ राष्ट्रपति सी चिङफिङसँग सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा सचिवालयका नेताहरु अहिले होटल सोल्टीमा छन् । दुई दिने राजकीय भ्रमणमा आएका सी आजै स्वदेश फर्कदैछन् ।
त्यस अगाडि प्रधानमन्त्री केपी शर्मा ओली सँग भेटवार्ता गरी द्विपक्षीय समझदारी हुनेछ ।
सी आजै एअर चाइनाको विशेष विमानबाट बेइजिङ फर्कदैछन् । २५ असोज दिउँसो ४ः४५ बजे काठमाडौं ओर्लिएका सीले समकक्षी विद्यादेवी भण्डारी सँग वान टु वान वार्ता गरिसकेका छन् ।
शनिबार राति दिइएको रात्रीभोजमा सामेल राष्ट्रपति सीले नेपालका लागि विभिन्न सहयोगको घोषणा गरिसकेका छन् ।