ब्लगबिहिबार, २३ आश्विन , २०७६

सार्वजनिक यात्राका सकस

हिमालखबर

–सुशीलकुमार साह
“दाइ, कन्डक्टर भाइ कहाँ छ ?” सिन्धुलीबाट वीरगञ्ज आउने बेलामा बसपार्कमा गाडी चढ्ने बेला गुरुजी (ड्राइभर) सँग सोधेँ । उनले पनि यताउती नियाल्दै, टिकट काउन्टरको छेवैमा उभिएको अन्दाजी १४–१५ वर्षको केटालाई “ए फुच्चे, यता आइज दाइको सामान डिकीमा राख्”, भने ।

ऊ नजिक आयो र भन्यो, “दाइ, डिकीमा ठाउँ खाली छैन, बरु यसलाई गाडीको छत माथि राखिदिन्छु”, भन्यो । मैले ‘सुरक्षित हुन्छ’ भनेर सोधेँ उसले “दाइ, चिन्ता नगर्नुस्, म छु नि”, भन्यो ।

मैले आफूसँग भएका सामान दुईवटा लुगाका झोला, सेलरोटी भएको साना–साना दुईवटा कार्टुन माथि राख्न लगाएँ । सानाे भाइले सामान माथि राख्दै थियो कि पछाडिबाट अर्को पातलो एकजना व्यक्ति खुरुखुरु बसको छतमाथि चढ्यो र मेरा सामान यताउति गर्दै मनमनै बडबडाउन थाल्यो ।

किन बडबडाएको होला भनेर म अलि अचम्म परेँ र तलैबाट सोधेँ, “दाइ, के भएको हो, किन यसरी बडबडाउनु भएको हो ?” उसले पनि अलि हेपाहा प्रवृत्ति देखाएर, “कहाँ यति सामान गाडीको छतमाथि राख्न पाइन्छ, यो सबै सामान छतमाथि राखे वापत शुल्क लाग्छ” भन्यो ।

आफ्नी श्रीमतीको माइती सिन्धुलीमा रहेको र उनीसँग धेरैपटक यात्रा गरिसकेको थिएँ, हरेक पटक यसरी नै वीरगञ्जसम्म आएको पनि हो र यत्तिकै सामान पनि यसरी नै डिकीमा राखी ल्याएको पनि हो । तर, पहिलोपल्ट यस्तो व्यवहार र शब्द सुन्दा म अलि अचम्ममा परेँ ।

तपाईं को हुनुहुन्छ भन्ने प्रश्न गर्दै, हामी टिकट लिएर सवारी गर्दैछौं यात्रुहरूले आफ्नो व्यक्तिगत प्रयोग गर्ने सामान किन लान पाइँदैन भनेर थप प्रश्न गरेँ । उसले गाडीको सिनियर कन्डक्टर भएको बतायो ।

धेरै सामान लिएर यात्रा गर्न पाइँदैन, धेरै सामान भए अन्य शुल्क लाग्छ भनी रिसाएर भन्यो । उसले यसरी दुर्व्यवहार गरेको देखेर मलाई पनि रिस उठ्यो र मैले पनि रिसाउँदै “तपाईं यसरी हेपेर कुरा नगर्नुस्, जे कुरा छ तल आएर व्यवहार मिलाएर गर्नुस् भनेँ र तपाईंको डिकीमा सामान राख्ने ठाउँ नभएपछि त्यो सानो भाइले माथि राख्दै छ भनेँ यसमा नराम्रो के भयो । बसमाथि यात्रुहरूको सामान नराखे कसको सामान राख्ने हो भनेर प्रश्न गरेँ।

ऊ अलि रिसायाे र माथिबाट हाम्रो झोला तल ओह्राले जस्तो गर्दै भन्यो, “ल, तपाईंहरू अर्को गाडीमा जानुस् यसमा तपाईंहरूको सामान जाँदैन”, भन्यो । अब त म पनि कता कता हराएँ, मेरो पनि रिस बढ्यो “झोला तल झार्ने अभद्र व्यवहार नगर्नुस् र खुरुक्क माथि राख्नुस्, जे कुरा गर्नुपर्ने हो तल झरेर गर्नुस्” भनेँ । वरिपरि मानिसहरू पनि जम्मा भइसकेका थिए ।

माथि झोला राख्दै ऊ तल झर्‍यो र छेउमा आएर पैसा लाग्छ, फेरि भन्यो । ऊ छेउमा आउना साथ उसको मुख मदिराले बेसरी गन्हायो । मसँगै वरिपरि जम्मा भएका मानिसले आफ्नो नाक थुने र एकजना त्यहीँको स्थानीयवासीले यो सबै घटना शुरुदेखि हेर्दै थिए ।

उनले “तँ विहानै दारु खाएर यो के गरेको, यात्रुहरूसँग कस्तो व्यवहार गर्नुपर्छ जानेको छैनस्”, भन्दै गाली गरे । एकछिनका लागि त्यो सिनियर कन्डक्टर र हामीबीच मुखामुख हुँदै थियो र अर्कोतिर गुरुजी गाडी गुड्ने समय नाघेकाले हर्न बजाउँदै थिए ।

“ए, कान्छा वहाँहरूलाई गाडीमा चढ्न भन्”, भनेर आफ्नो सानो कन्डक्टरलाई ड्राइभरको सीटमा बसीबसी गुरुजीले भने । उसले मेरो हात समाउँदै “दाइ, कृपया गाडी चढ्नुस्, बस खुल्ने बेला भयो”, भन्दै हामीलाई गाडी भित्र छिर्न आग्रह गर्‍यो । वीरगञ्ज पुग्नुपर्ने भएकाले गाडी भित्र छिरेँ । यही बीचमा त्यो सिनियर कन्डक्टरलाई त्यहाँका स्थानीयले शान्त पारेका थिए ।

हामी अगाडिको सीटमा बस्याैं र गाडीभित्र पछाडिका सीट धेरैजसो खाली नै थिए। गाडी गुड्न थाल्यो । सिनियर कन्डक्टर पनि गाडीको ढोकामा उभिएर “ए, बर्दिबास, चपुर, वीरगञ्ज” कराउँदै यात्रुलाई गाडीमा चढाउँदै थियो ।

“दाइ, बस भरियो जाऊँ जाऊँ” ड्राइभर (गुरुजी)लाई सिनियर कन्डक्टरले भन्दै बसको ढोका हातले जोडले बजाउन थाल्यो । गाडी गुड्न थालेपछि सिनियर कन्टक्टरले त्यो यात्रुहरूको माझ गई धक्का दिदै भित्र पस्दै भाडा उठाउन थाल्यो ।

गाडी कमलामाई मन्दिरसम्म पुग्दा पनि अझ पनि पछाडिका केही सीट खाली नै थिए । ऊ अब यात्रुहरूसँग टिकट माग्न थाल्यो । मेरो मनमा अझ पनि उसले सिन्धुलीमा गरेको व्यवहार फेरि पनि गर्ने हो कि मनमा आउँदै थियो र अब गर्‍यो भने बरु म पनि के कम मनमनै सम्झिरहेको थिएँ।

एकछिन पछि ऊ मेरो छेउमा आएर “दाइ, तपाईंको टिकट पाऊँ” भन्यो । मैले आफ्नो टिकट दिंदै, उसले फेरि पनि केही भन्छ भनेर सोच्दै थिएँ कि उसले “दाइ, तपाईंहरू वीरगञ्जसम्म जाने” भनी एकदम साधारण तरीकाले प्रश्न गर्‍यो ।

आफूले नगर्नु पर्ने व्यवहार महसुस गरी नम्र भएको होला मनमनै सम्झिंदै एक शब्दमा “हो” मात्र भनेँ र ऊ अब अरु यात्रीहरूको टिकट चेक गर्न पछाडितिर बढ्दै गयो । तर अझ पनि उसको मुखबाट भने मदिराको गन्ध आउँदै थियो ।

मैले श्रीमतीलाई भनेँ, “हेर, मानिसले समयमै आफ्नो गल्ती मसहुस गर्‍यो भने राम्रो हुन्छ ।” उनले पनि मेरो कुरामा सहमति जनाइन् र हाम्रो यात्रा अघि बढ्यो । सिन्धुलीको हाइवे, झ्यालबाट चिसो हावा र गाडीभित्रको नेपाली दोहोरी गीत सुन्दै, रमाउँदै हामी यात्रा गर्न थाल्यौं । भिमान पनि कटिसक्यो र लगभग ५० मिनेटको यात्रा पछि हामी बर्दिबास पुग्न थाल्यौं ।

कताकता बर्दिबासको हावापानी सिन्धुली भन्दा अलि फरक भएका कारण हामीलाई केही गर्मी महसुस हुन थाल्यो । जे होस्, बर्दिबाससम्म हामी राम्रोसँग आइपुग्यौं ।

हाम्रो सिनियर कन्डक्टर पनि सबैसँग राम्रो व्यवहार गर्दै आएको थियो । बस बर्दिबासको गौतम होटल नपुग्दै अलि पछाडि सानो टिकट काट्ने ठाउँमा रोक्यो । त्यहाँ अरु पनि यात्रीहरू शायद उतै जान गाडीको प्रतिक्षामा थिए । सिनियर कन्डक्टर र सानो खलासी भाइ दुवैजना गाडी रोक्नासाथ “ए, वीरगञ्ज, वीरगञ्ज” भनी यात्रीहरूलाई बोलाउँदै थिए ।

वीरगञ्ज सम्मकै सबै यात्रु नभेटिए पनि लालबन्दी, चपुर लगायत अरु ठाउँका यात्रीहरू गाडीमा चढ्न थाले। पछाडिको सीट भरियो, ड्राइभर छेउमा भएको इन्जिन माथि बस्नका लागि बनाइएको ठाउँ पनि भरियो ।

त्यहाँ सम्म त ठीकै थियो, अरु यात्रुहरूलाई गाडीभित्रको बीच भागमा उभ्याउन थाले । उभिएका यात्रुहरू अलि बढी भए र बस पूर्ण रुपले भरिसक्यो । त्यो भीडमा एकजना बूढा मानिस पनि थिए, उनी अप्ठेरोसँग उभिएका थिए । ती बूढा मानिसलाई त्यही सिनियर कन्डक्टरले ढोका छेउको झ्यालबाट “ओ, बूढोबा अलि पछाडितिर गइदिनु पर्‍यो, यहाँ अझ पनि चढ्ने मानिसहरू बाँकी छन्”, भन्यो ।

ती बूढाबाले पनि “ठाउँ नै नभई कहाँ सर्ने, यहाँ पछाडि जाने ठाउँ छैन”, भने । मैले पछाडि फर्केर हेरेँ वास्तवमा पछाडि सर्न सक्ने ठाउँ थिएन । त्यो सिनियर कन्डक्टर गाडीभित्र चढ्यो, उभिएका यात्रुहरूलाई अलि धक्का दिंदै “लँ, अलि अलि पछाडि सर्नुस्”, भन्दै पछाडितिर धक्का दिन थाल्यो र ३–४ जना यात्रुहरूलाई बसको गेटसम्म उभिने गरी थप्यो ।

उसले त्यतिखेर गरेको व्यवहार र अघि म सिन्धुलीबाट गाडी चढ्ने बेला गरेको व्यवहारमा केही पनि फरक देखिनँ । गाडीमा पहिलेको भन्दा बढी यात्रुहरू भए र अप्ठेरो तरीकाले यात्रा गर्न थाले ।

“दाइ, बस भरियो जाऊँ जाऊँ” ड्राइभर (गुरुजी)लाई सिनियर कन्डक्टरले भन्दै बसको ढोका हातले जोडले बजाउन थाल्यो । गाडी गुड्न थालेपछि सिनियर कन्टक्टरले त्यो यात्रुहरूको माझ गई धक्का दिदै भित्र पस्दै भाडा उठाउन थाल्यो । यात्रुहरू पनि “के गरेको”, “खै, के गरेको होला”, “अट्नै नसक्ने गरी के मानिस भरेको होला”, “मानिस र जनावरमा केही फरक छैन कि क्या हो” जस्ता थरीथरीका कुराहरू गर्न थाले ।

मलाई लाग्यो अब त्यति यात्री चढ्दैनन् होला । तर, पाँच मिनेटपछि बाहिर खसीबोका जोडले कराएको आवाज सुनेँ । के होला भनेर झ्याल बाहिरबाट हेरेँ । बसको डिकीमा सिनियर कन्डक्टरले एकजना स्थानीय व्यक्तिको सहयोगमा खसी बोकाहरू राख्दै थिए ।

अघिसम्म त त्यो सिनियर कन्डक्टरको व्यवहार परिवर्तन भएको हो कि भन्ने मलाई लागेको थियो, तर पहिलादेखि नै लागेको बानी, त्यो पनि सिनियर कन्डक्टरको यति चाँडै कहाँ परिवर्तन हुन्छ र !

गाडीमा अप्ठेरोसँग यात्रा गरिरहेका यात्रुहरू विभिन्न किसिमका कुरा गर्दै थिए । उनीहरूको यात्राको पीडा सहजै सुनेर अनुमान गर्न सकिन्थ्यो । सार्वजनिक यात्राको क्रममा यस्ता असहज यात्राले यात्रीलाई कतिसम्म दुःख दिन्छ भने कुरा भोग्नेले मात्र बुभ्mन सक्छन् ।

यात्रीहरू अप्ठेरो यात्रा गरिरहेका थिए । सिनियर कन्डक्टर गाडीको ढोकामा उभिएर उठेको रकम गन्दै थिए । मुखमा रुमाल बाँधेको सानो भाइ पनि सँगै उभिएर “ए, वीरगञ्ज, वीरगञ्ज” भन्दै थियो ।

लगभग ३० मिनेटपछि गाडी लालबन्दी आइपुग्यो । गाडी बजारको चोकैमा रुक्यो । त्यहाँसम्मका यात्रीहरू झर्न थाले । पछाडि फर्केर हेर्दा उभिएका यात्रीहरू सबै त्यहीँ झरिसकेका थिए र अन्तिमका शायद २–३ वटा सीटहरू खाली भएका थिए ।

मलाई लाग्यो अब त्यति यात्री चढ्दैनन् होला । तर, पाँच मिनेटपछि बाहिर खसीबोका जोडले कराएको आवाज सुनेँ । के होला भनेर झ्याल बाहिरबाट हेरेँ । बसको डिकीमा सिनियर कन्डक्टरले एकजना स्थानीय व्यक्तिको सहयोगमा खसी बोकाहरू राख्दै थिए ।

एकातिर डिकीमा खसीबोका राखिंदै थियो भने अर्कोतिर मनमा अघि सानो खलासीले डिकी खाली छैन भनेको कुरा सम्झना आयो । डिकी खाली थिएन भने सिनियर कन्डक्टरले कसरी खसीबोकाहरूलाई डिकीभित्र राख्दै थियो ? एकछिन पछि खसीको व्यापारी ठूला ठूला दुईवटा खसी लिएर गाडी भित्र छिर्‍यो । म लगायत अरु पनि यात्रीहरू छक्क पर्‍यौं ।

त्यति मात्र कहाँ हो र यात्रीहरू पनि थपिंदै गए र गाडी अघि जस्तै भित्रैसम्म भरियो । त्यसमा पनि भित्र भएका खसी जोडले कराउँदै थिए । मानौं कि कुनै कसाईंले उनीहरूलाई काटिरहेको थियो । खसीले बसभित्र उभिने तलतिरको भाग ओगटेकाले गाडी बाहिरबाट हेर्दा त्यति बराबरको ठाउँ खाली भएको जस्तो देखिन्थ्यो र फेरि सिनियर कन्डक्टरले ढोका बाहिरको झ्यालबाट “ए, दाइ, दिदीहरू अझ भित्र सर्नुस्” भन्दै थियो ।

भित्रबाट आवाज आयो, “कहाँ सर्ने, भित्र सर्ने ठाउँ छैन र यहाँ तलतिर खसी राखेको छ ।” तर, हाम्रो सिनियर कन्डक्टरलाई केही फरक परेन र ऊ यात्रीहरूलाई भित्र चढाउँदै गयो । अघि पनि यस्तै बेलामा कसैले “मानिस र जनावरमा केही फरक छैन कि क्या हो” भनेको कुरा सम्झना आयो ।

हुन पनि हो, सिनियर कन्डक्टरको यस्तो व्यवहार हेर्दा त यात्री र भित्र राखिएका खसीलाई समान व्यवहार गरे जस्तो लाग्यो र दुईवटा ठूला ठूला खसी गाडी भित्र राख्यो । अब फेरि एकपटक गाडी गुड्न थाल्यो ।

यात्रीहरू माझ एक महिला आफ्ना दुई सन्तानसँगै उभिदै यात्रा गर्दै थिइन्, एउटा सानो बालक आमाको काखमा थियो भने अर्को सानो छोरा मेरै छेउमा उभिएको थियो । ऊ चारैतिरबाट च्यापिएको थियो ।

मेरो काखमा बसेको बालक सुतिसकेको रहेछ । बालककी आमाले “भैया, हमनीके उतरेवाला ठाउँ आगल, हमनी अब जाएम सन” (दाइ, हाम्रो झर्ने ठाउँ आयो, हामी अब जान्छौं) भनी मेरो काखमा सुतेको आफ्नो छोरालाई उठाई गाडीबाट तल ओर्लिइन् ।

एक पटक फेरि सिनियर कन्डक्टर त्यो भीडमा भाडा उठाउन यात्रीलाई धक्का दिदै भित्र पस्दै गयो । अचानक मेरो छेउमा उभिएको सानो बच्चा “माई ई र्ई ई ई ...” (आमा) भन्दै जोडले करायो । तुरुन्त ऊतिर फर्केर, ऊ रोइरहेको थियो ।

कारण के थियो भने सिनियर कन्डक्टर भाडा लिने क्रममा धकेल्दै भित्र छिर्ने बेलामा उसको कम्मर पेटीको बक्लले उसको निधारमा घोचेको थियो ।

संसारमै सबभन्दा ठूलो भनेको आमा र उसको माया हुन्छ, आफ्नो सानो बच्चा रोएको देखेर, ती आमाले सिनियर कन्डक्टरलाई बेसरी गाली गरिन् । तर, त्यसलाई केही फरक परेन, उल्टै भन्यो, “अब, बसमा भीड भएपछि अलि अलि त भइहाल्छ नि, बरु तपाईं आफ्नो बच्चालाई काखमा लिएर उभिनुस् ।” उसको यो कुरा सुनेर आमाले भनिन्, “आँखा छैन, तपाईंको, हेर्दै हुनुहुन्छ कि मैले एकजना नानीलाई काखमा लिएकी छु, अर्कोलाई कसरी काखमा लिऊँ ?”

सुनेर पनि नसुनेको जस्तो गरी उसले “त्यो तपाईंको सन्तान हो र तपाईंको जिम्मेवारी हो” भन्दै भित्र बढ््दै गयो । मेरो मन मानेन र मैले त्यो सानो बालकलाई आफ्नो काखमा बसाएँ, आफूसँग भएको कोपिको कफीवाला चक्लेट खान दिएँ ।

ऊ शान्त भयो । पछाडि सिनियर कन्डक्टरले “दाइ, तपाईंका खसीबोका बाहिर डिकीमा राखेका र यहाँ भएका दुईटा खसीको भाडा दिनुस्” भन्यो । त्यो व्यापारीले कति हो भाडा सोध्यो र दियो पनि ।

मेरो मनमा अनेक किसिमका कुरा खेल्न थाले । नेपालमा विभिन्न यातायात व्यवसायी संघ स्थापना भएका छन्, के तिनीहरूलाई कुनै नियम–कानुन लाग्दैन । सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रीहरूको कठिनाइ र दुःखबारे अनुगमन कसैले गर्नु पर्दैन ? बसमा कति यात्रु चढाइएको छ हेर्नु पर्दैन ? यस्ता प्रश्नहरू मनमा केलाउँदै थिए गाडी कुन बेला चपुरसम्म आइपुग्यो पत्तो नै भएन ।

मेरो काखमा बसेको बालक सुतिसकेको रहेछ । बालककी आमाले “भैया, हमनीके उतरेवाला ठाउँ आगल, हमनी अब जाएम सन” (दाइ, हाम्रो झर्ने ठाउँ आयो, हामी अब जान्छौं) भनी मेरो काखमा सुतेको आफ्नो छोरालाई उठाई गाडीबाट तल ओर्लिइन् ।

चपुरमा गाडी अलि खाली भयो र उभिएका यात्रीहरू कम भए र जति थिए पहिलेको भन्दा सजिलो तरीकाले उभिएका थिए । एकछिनको पर्खाइपछि गाडी पुनः वीरगञ्जतिर गुड्यो । निजगढ कट्यो । सिनियर कन्डक्टर गुरुजीको छेउमा बसी गुटखा खाँदै थियो भने सानो खलासी भाइ गीत सुन्दै उनीहरूको छेउमा बसेको थियो ।

पथलैया आउनासाथ सानो खलासी भाइले गाडीको ढोका खोल्यो र “ए, पथलैया पथलैया । पथलैया झर्न कोही हुनुहुन्छ, अगाडि आउनुस्” भन्दै थियो । केही त्यहीँ झरे, त्यसपछि सिमरा, जितपुर र परवानीपुरसम्म गाडीमा भएका यात्रीहरू बिस्तारै झर्दै गए । आफू बस्दाबस्दै अलि अप्ठेरो भएकाले परवानीपुरमा गाडीभित्र उभिएँ । 

बिहान ७ः२० बजे गुडेको गाडी १२ः१५ बजेसम्म बसपार्क आइपुग्दा अलि आनन्द लाग्यो, कम से कम आफ्नो शहर त आइपुगियो । यात्रा शुरु गर्दा र यात्रा अवधिभरि भएका घटना, बसका कन्डक्टरको व्यवहार सम्झँदै बसपार्कमा हामी ओर्लियौं ।

पछाडितिर हेर्दा दुईवटा खसी बसेका थिए र उनीहरूको घाँटीमा डोरीले बाँधिएको थियो, अर्को कुना त्यसको व्यापारीले समातेको थियो । गाडी गण्डक चोकसम्म आइपुगेको थियो ।

ढोकामा उभिएको सानो खलासीले “गण्डक .... कलैया चोक ... ब्रह्म चोक झर्ने कोही हुनुहुन्छ भने अगाडि आउनु होला है” भन्दै थियो । बस कलैया चोकसम्म आइपुग्दा लगभग धेरै यात्री गाडीबाट ओर्लिई सकेका थिए र गाडीमा अब आधाभन्दा कम यात्रीहरू थिए ।

बिहान ७ः२० बजे गुडेको गाडी १२ः१५ बजेसम्म बसपार्क आइपुग्दा अलि आनन्द लाग्यो, कम से कम आफ्नो शहर त आइपुगियो । यात्रा शुरु गर्दा र यात्रा अवधिभरि भएका घटना, बसका कन्डक्टरको व्यवहार सम्झँदै बसपार्कमा हामी ओर्लियौं ।

सामानहरू झार्न लगायौं, सानो खलासी भाइले हाम्रा सामानहरू झार्दै गयो । अन्तिम सेल रोटीको सानो पोका हातमा लिई तल झर्‍यो र भन्यो, “ल, दाइ मैले भनेको पूरा गरेँ । तपाईंको सामान सकुशल वीरगञ्जसम्म पुर्‍याई दिएँ ।” मैले पनि उसलाई धन्यवाद दिएँ र त्यहाँबाट आफ्नो कोठा जान फर्केको मात्र थिएँ कि त्यो सानो खलासी भाइलाई बोलाएँ “ए, भाइ ?” ऊ अलि परसम्म मात्र पुगेको थियो, पछाडि फक्र्यो र “हजुर दाइ ?” भन्दै म उभिएको ठाउँसम्म आइपुग्यो ।

“अघि सिन्धुलीमा तिमीलाई डिकीमा झोला राख भन्दा खाली छैन भन्दै थियौ अनि खसीबोका राख्ने ठाउँ कहाँबाट आयो ?” भनेर सोधेँ । उसले पनि सामान्य तरीकाले भन्यो, “दाइ, मलाई त्यो सिनियर कन्डक्टर दाइले डिकीमा सामान नराख्नू अगाडि बाटोमा अरु सामान राख्नुपर्छ भन्नुभएको थियो, त्यसैले मैले त्यस्तो भनेको थिएँ”, भन्यो ।

सिनियर कन्डक्टर दायाँपट्टि खसीबोकाको व्यापारीलाई खसीबोका डिकीबाट निकाल्न सहयोग गर्दै थियो । खसीबोका डिकीबाट बाहिर आउँदा उभिन सक्ने स्थितिमा थिएनन् ।

मैले यात्राभरि भोगेका र देखेका यस्ता घटना देशभरि कति होलान् ? नेपाली यात्रीहरूलाई सार्वजनिक गाडीमा यात्रा गर्दाको पीडा तबसम्म सकिने छैन, जबसम्म यातायात व्यवसायीहरूमा चेतना आउँदैन र सरकारी तवरबाट कडा कदम चालिदैन । यस्तै कुरा मनमा खेलाउँदै ई–रिक्सामा बसी म श्रीमतीसँगै कोठातिर लागेँ ।

प्रतिकृया दिनुहोस