नेपालले ओमानलाई दियाे ६५ रनकाे सामान्य चुनाैती
आयोजक ओमानसँग टस हारेर नेपाल ब्याटिङ गरेकाे नेपालले आयाेजक ओमानलाई ६५ रनकाे सामान्य चुनाैती दिएकाे छ ।
नेपाली ब्याट्सम्यानहरु टिक्न नसक्दा ६४ रनमै अलआउट हुन पुगे । आरिफ सेखले बनाएकाे २० रन नै नेपालका लागि ठूलाे स्काेर बन्याे । सेखले १३ बलमा २० रन मात्रै बनाए ।
दीपेन्द्र सिंह ऐरीले बलमा ११ रन बनाए । अन्य ब्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन् । इशान पाण्डे २, पारस खड्का ५, बिनाेद भण्डारी ४, साेमपाल कामी र करण केसी ८/८, सन्दीप लामिछाने र अविनाश बाेहाेराले दुई/दुई रनमा आउट भए । सन्दीप जाेराले खाता खाेल्न सकेनन् भने सुशन भारी शून्य रनमा अविजित रहे ।
टी–२० क्रिकेटको अन्तिम खेल खेल्दैछ । तीन मध्ये एक खेल पराजित भएको नेपाललाई हराउँदै उपाधि जित्ने रणनीतिमा ओमान छ ।