पहिलो हाफमा नेपाल बिरुद्ध अष्ट्रेलियाको तीन गोल
सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट खेलमा नेपाल विरुद्ध पहिलो हाफमा अष्ट्रेलियाले तीन गोलको अग्रता लिएको छ ।
खेल शुरु भएको तीन मिनेटमै अष्ट्रेलियाका लागि जेमी मिक्लारेनले गोल गरेका थिए । १९औं मिनेटमा फेरि जेमीले नै गोल गर्दै २–० को अवस्था बनाए । ६ मिनेटपछि फेरि ह्यारी आउटरले गोल गरेपछि नेपाल ३–० ले पछाडि परेको छ ।
यसपछि थपिएको चार मिनेटसम्म नेपाल गोल सक्न सफल भयो । विश्वकप खेल्ने टीम अष्ट्रेलिया बिरुद्ध नेपालले चार डिफेन्स, पाँच मिड फिल्ड र एक जना फर्वाड राखेको छ । अविशेक रिजाल मात्रै फर्वाड छन् ।