महरा अस्पताल भर्ना
बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचापको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । महराको स्वास्थ्य परीक्षण भइसकेको छ । रिर्पोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
महरालाई १९ असोजबाट सभामुख निवासबाटै पक्राउ गरिएको थियो । संसद सचिवालयकै एक महिला कर्मचारीले महरालाई बलात्कार प्रयासको आरोप लगाएकी छन् ।
तर, दशैं विदाका कारण महराको वयान अगाडि बढ्न सकेको छैन । १२ असोज राति बलात्कार प्रयास गरेको आरोप लागेपछि प्रहरीले हिरासतमा लिएर महरा माथि अनुसन्धान गरिरहेको छ ।