अस्ट्रेलिया बिरुद्ध नेपाल मैदानमा
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल छनोट खेलमा नेपाल अहिले बलियो टीम अस्ट्रेलिया बिरुद्ध उसको घरेलु मैदानमा खेलिरहेकाे छ ।
विश्वकप खेल्दै आएको टीम अस्ट्रेलिया बिरुद्ध अंक खोस्न नेपाललाई सजिलो छैन । तर, नेपाल सकेसम्म अंक खोस्ने तयारीमा छ ।
खेल शुरु हुनु अगाडि प्रतिक्रिया दिदै नेपालका प्रशिक्षक योहान कालिनले अस्ट्रेलियाको सामना गर्न तयार रहेको बताएका छन् । तर, अष्ट्रेलियाले भने फराकिलो गोल अन्तरले जित निकाल्ने प्रतिक्रिया दिएको छ ।
फिफा बरियतामा नेपाल १६१औं स्थानमा छ भने अस्ट्रेलिया ४४औं स्थानमा छ ।
अष्ट्रेलिया बिरुद्ध पहिलो पटक नेपाल भिड्न लागेको हो । नियमित कप्तान विराज महर्जन टीममा नपरेपछि किरण लिम्बूले नेपाली टीमको कप्तानी गरिरहेका छन् ।
विश्वकप छनोटमा यसअघि नेपाल कुवेतसँग पराजित भएको छ भने चाइनिज ताइपेइसँग जित निकालेको छ ।