सी चिनफिङको भ्रमणबारे विज्ञहरुसँग प्रधानमन्त्रीको छलफल
चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।