कला/साहित्यबुधबार, २२ आश्विन , २०७६

शुटिङ रिपोर्ट (कथाः कुमार नगरकोटी)

हिमालखबर

-‘इन्स्टलेसन स्टोरी’

- कुमार नगरकोटी

• लाइट ?

• ओके !

• साउन्ड ?

• ओके !

• क्यामेरा ?

• रोलिङ !

• एक्सन...

बार–द्वारमा पात्र, अराउन्ड ४५ देखा पर्छ । शिरमा टोपी, ह्याट क्याप छैन । आँखामा चश्मा छैन । गोडामा जुत्ता, खराउ, चप्पल छैन । गलामा माला, टाई, मफलर छैन । नाडीमा घडी, ब्यान्ड, बाला छैन । त्यसो भए के छ त ऊसित ? 

फगत एक व्यक्तित्व छ । पात्रता छ ।

अलमलिएको प्रतीत हुन्छ । द्वारैमा उभिई केही क्षण रात्रिकालीन बारको इन्टेरियर परिवेशलाई नियाल्छ । चारैतर्फ नजर फ्याँक्छ, बार सुनसान, निर्जन छ । ग्राहकहरू मरु, अब कसो गरुँ ! ऊ वान अफ द ग्राहक्स नै हो या यो बारको मालिक नै हो, यसबारे पटकथामा लेखिएको होला । हामी क्रु–मेम्बरहरूलाई यसबारे जानकारी छैन । बारको रित्तोपना, खालीपन एवम् एकान्तिक शून्यतालाई नियाल्दै ऊ चूपचाप अघि बढ्छ र सबैभन्दा कुनाको टेबल ओगट्छ । यताउति हेर्छ ।

आसपास, अगलबगल कोही छैन ।

टेबलमै घोप्ट्याएर राखिएको काँचको गिलासलाई सोझ्याएर राख्छ । त्यसमा लगत्तै बोतलबाट ह्विस्की खन्याउँछ । साला पेगलाई च्याप्प समाती क्यामेरातर्पm नहेरिकनै चियर्स गर्छ ।

ह्विस्कीको चुस्की लिन्छ । नीट पेग । विदाउट आइस । विदाउट वाटर । एक घुँटमै एक पेग सिध्याउँछ । गिलास रित्याउँछ । अ काइन्ड अफ् ज्ञाम्बे–शट, यु सी !

त्यसपछि ग्रे–कोट फुकाल्छ र भुइँमा फाल्छ ।

गिलास पुनः भर्छ । ह्विस्कीको अर्को चुस्की लिन्छ । नो आइस, नो वाटर । सिम्प्ली अ ज्ञाम्बे–शट । अनि विस्तारै उभिन्छ र ब्लु–प्यान्ट फुकालेर भुइँमा मिल्काउँछ । गिलास पुनः भर्छ र वान्स अगेन ज्ञाम्बे–शट हान्छ । फेरि कमिजको टाँक एकएक गरी खोल्छ । श्वेत कमिजलाई पनि त्यसै गरी भुइँमा फ्याँक्छ ।

बार–द्वारतर्फ एक नजर लाउँछ ।

द्वारमा हेरी नै हाल्नुपर्ने त्यस्तो कुनै नेत्र–मैत्री दृश्य छैन । सके त्यो हेराइ अभिनयकै एक अङ्ग हुँदो हो । निर्देशकद्वारा हामीलाई बताइए अनुसार यो सोलो पर्फर्मेन्स हो । फ्रेमभित्र अरू कुनै पनि पात्र निषेध छ । तसर्थ यो दृश्यमा दोहोरो संवाद या एकालापको कुनै गुञ्जाइस छैन । प्रमुख पात्रलाई केवल मौन अभिनय गर्नु छ । ह्विस्कीको चुस्कीसितै ज्ञाम्बे–शट हान्दै पेग–आफ्टर–पेग उसलाई आफ्नो आङबाट वस्त्रहरू फुकाल्दै फ्याक्नु छ, बस् ।

यस बखत पात्र केवल सेतो गञ्जी र कालो अन्डरवेयरमा छायाङ्कित छ ।

यसै क्रममा उसले चौथो पेग पनि बनाइसकेको छ । ह्विस्कीको चुस्की अर्थात् फोर्थ ज्ञाम्बे–शट पनि लिइसकेको छ । र, आफ्नो गञ्जीलाई समेत आङबाट निकालेर भुइँमा मिल्काइसकेको छ ।

अब हामीलाई प्रतीक्षा छ पाँचौं पेगको । पञ्चम ज्ञाम्बे–शटको । हामी चूपचाप, अचल–अचल छौं । साइलेन्ट मोडमा राखिएको सेलफोन झैं शान्त छौं । गहन सन्नाटा व्याप्त छ । सिनेमाटोग्राफर गुरु गम्भीर मुद्रामा खिचिरहेको शटलाई हेरिरहेकै छ । चिफ असिस्टेन्ट डिरेक्टर मुट्ठी कसेर उभिएको छ ।

हामी सबै क्रु–मेम्बरलाई व्यग्र प्रतीक्षा छ त्यो क्लाइमेक्स पलको जब पात्रले आफ्नो आङको अन्तिम वस्त्र– अन्डरवेयरलाई समेत भुइँमा मिल्काइदिएर सर्वाङ्ग नग्न हुनेछ ।

अन्तिम पेग र अन्डरवेयरः एक प्रतीक्षा !

अन्डरवेयरलाई च्यापेर बस्नु भनेको तपाईंभित्र अझै पनि पुराना रुढिग्रस्त वाद–विचार छन् र त्यसलाई मिल्काउन तपाईंलाई असहज लाग्नु हो । टु हेल विथ अन्डरवेयर ! अन्डरवेयर पनि निकालेर मिल्काइदिनुस् र सर्वाङ्ग नग्न हुनुस् । नवजात शिशु जस्तो । पुरातन चरित्र होइन नवजात पात्रमा आफूलाई साक्षात्कार गर्नुस् । नग्नता तपाईंको नवीन जीवन हो, त्यसलाई सेलिब्रेट गर्नुस् । ढोंग, अहङ्कार, लालचका लुगाहरूलाई तपाईंले मिल्काउनुभएको छ र करुणा, प्रेम र सत्य झैं तपाईं अब नग्न हुनुस् । किनभने तपाईं नयाँ युगको नयाँ पात्र हो । नवजात पात्र हो । बुझ्नुभो ?

अन्ततः पात्रले अन्तिम पेग बनायो । एक लार्ज पेग । यताउति हेर्‍यो । गिलास समात्यो । एक श्वासमा घुटुक्क पार्‍यो । यताउति हेर्‍यो । त्यसपछि कुर्चीबाट उठ्यो र अन्डरवेयर पनि खोल्न... – कट, कट, कट ! – किन कट् ?

निर्देशकः तपैं किन यताउति हेर्दै हुनुहुन्छ ? यू सिम टु बि डिस्टब्र्ड, डिस्ट्राक्टेड । यु आर नट फोकस्ड इन योर एक्टिङ । यू आर नट सेलिब्रेटिङ योर नग्नता । क्यारेक्टरको आत्माभित्र तपाईं प्रवेश गर्न सकिरहनुभा’छैन । एनि प्रोब्लम मिस्टर नगरकोटी ?

पात्रः आ’म सरी मिस्टर याक्थुम्बा ! द प्रोब्लम इज आ’म अशेम्ड अफ् माई नग्नता ।

निर्देशकः अशेम्ड ? ह्वाट नन्–सेन्स ! नट अशेम्ड बट यु आर सिम्प्ली अफ्रेड अफ् योर नग्नता । तपाईं डराइरहनुभा’छ । कम अन म्यान, टेक इट इजी ! सेलिब्रेट योर नग्नता । तपाईं आफ्नो राइटिङमा नग्नताको खूब चर्चा गर्नुहुन्छ तर आज आफैं नाङ्गिन डराइरहनुभा’छ । दिस इज नट फेयर मिस्टर नगरकोटी । तपाईं प्रोफेसनल एक्टर नभएर के भो ? आँट गर्नुस्, किनकि आँट इज एन आर्ट । यो त तपाईंकै डाइलाग हो । कतै लेख्नुभएको छ । हो कि होइन ?

पात्रः हो, हो । मैले नै लेख्या हो– आँट इज अ काइन्ड अफ् आर्ट । जसले आँट गर्‍यो, त्यो आर्टिस्ट बन्यो ।

निर्देशकः तब ? मैले समेत आँट गरेर तपाईं जस्तो नन–एक्टरलाई यो फिल्ममा कास्ट गर्दैछु । डु नट लेट मी डाउन । हेर्नुस् ! फिल्मको यो अति महत्वपूर्ण दृश्य हो । यू नो द्याट ।

पात्रः यस अफकोर्स ! आई नो द्याट ।

निर्देशकः तपाईं आफ्नो शरीरबाट एकएक गरी वस्त्रहरू निकाल्दै फ्याँकिरहनुभा’छ । ती वस्त्र केवल वस्त्र होइनन् । ती त वास्तवमा वस्त्ररूपी पुराना विचार, मान्यता, वाद–सिद्धान्त, आदर्शहरू हुन् जसलाई तपाईं आफ्नो जीवनबाट निकालेर फ्याँक्दै हुनुहुन्छ । यत्ति सामान्य कुरा त बुझानुभा’छ नि तपाईंले ?

पात्रः हो, बुझ्या छु ।

निर्देशकः अन्डरवेयरलाई च्यापेर बस्नु भनेको तपाईंभित्र अझै पनि पुराना रुढिग्रस्त वाद–विचार छन् र त्यसलाई मिल्काउन तपाईंलाई असहज लाग्नु हो । टु हेल विथ अन्डरवेयर ! अन्डरवेयर पनि निकालेर मिल्काइदिनुस् र सर्वाङ्ग नग्न हुनुस् । नवजात शिशु जस्तो । पुरातन चरित्र होइन नवजात पात्रमा आफूलाई साक्षात्कार गर्नुस् । नग्नता तपाईंको नवीन जीवन हो, त्यसलाई सेलिब्रेट गर्नुस् । ढोंग, अहङ्कार, लालचका लुगाहरूलाई तपाईंले मिल्काउनुभएको छ र करुणा, प्रेम र सत्य झैं तपाईं अब नग्न हुनुस् । किनभने तपाईं नयाँ युगको नयाँ पात्र हो । नवजात पात्र हो । बुझानुभो ?

पात्रः बुझें ।

निर्देशकः नवजात पात्रसित मात्र नयाँ युगको नवीन दृष्टि, सोच र विचार स्वीकार्ने पात्रता हुन्छ । के तपाईं अन्तिम वस्त्र पनि फ्याँक्न तयार हुनुहुन्छ ?

पात्रः तयार छु ।

निर्देशकः के तपाईं सत्य झैं नाङ्गो उभिन तयार हुनुहुन्छ ?

पात्रः तयार छु ।

निर्देशकः के तपाईं नयाँ युगको नवजात पात्र बन्न तयार हुनुहुन्छ ?

पात्रः तयार छु ।

तिम्रो नाम के हो भनी मलाई सोध्दा मेरो नाम कुमार नगरकोटी हो भनें । आफू बाहेक अर्को कुमार नगरकोटी देख्दा ऊ खुशी भए जस्तो लाग्यो । मुस्कुराउँदै सोध्यो कि यो शहरमा कति जना कुमार नगरकोटीहरू छन् । मैले भने जम्मा पाँच हजार पाँच सय पचपन्न कुमार नगरकोटीहरू छन् । त्यसपछि ऊ शटको निम्ति तयार भयो ।

निर्देशकः गुड । द्याट्स लाइक अ नगरकोटी स्टाइल । स्टिल गरौं, है त ! द्वारबाट छिर्दा विस्तारै छिर्नुस् । कुनै हतार नगर्नुस् । यस्तो मान्नुस् कि यो बार बार नभई तपाईंको प्रेयसीको मन हो । प्रेयसीको मनभित्र चूपचाप छिर्नुस् । ओके, मिस्टर नगरकोटी ?

पात्रः ओके मिस्टर याक्थुम्बा ! आ’म रेडी फर द शट ।

आधा घण्टापश्चात् हामी क्रु–मेम्बर अर्को शट खिच्न तयार भयौं ।

भुइँमा थुप्रिएका कोट, प्यान्ट, कमिज र गञ्जी उठाएँ, नगरकोटीलाई दिएँ । पाँच पेग मदिरा खाइसक्दा पनि ऊ लडखडाएको थिएन । बोली लर्बराएको थिएन । कपडा लाउन उसलाई मद्दत गरें । ऊ खुशी भयो । तिम्रो नाम के हो भनी मलाई सोध्दा मेरो नाम कुमार नगरकोटी हो भनें । आफू बाहेक अर्को कुमार नगरकोटी देख्दा ऊ खुशी भए जस्तो लाग्यो । मुस्कुराउँदै सोध्यो कि यो शहरमा कति जना कुमार नगरकोटीहरू छन् । मैले भने जम्मा पाँच हजार पाँच सय पचपन्न कुमार नगरकोटीहरू छन् । त्यसपछि ऊ शटको निम्ति तयार भयो ।

• लाइट ?

• ओके !

• साउन्ड ?

• ओके !

• क्यामेरा ?

• रोलिङ !

• एक्सन...

बार–द्वारमा नवजात पात्र देखा पर्छ । शिरमा टोपी, ह्याट, क्याप छैन । आँखामा चश्मा छैन । गोडामा जुत्ता, खराउ, चप्पल छैन । गलामा माला, टाई, मफलर छैन । नाडीमा घडी, ब्यान्ड, बाला छैन । त्यसो भए के छ त ऊसित ?

आई थिङ्क, यू नो द आन्सर, म्यान !

प्रतिकृया दिनुहोस