आयरल्याण्डद्वारा नेपाललाई १४६ रनको चुनौती प्रस्तुत
ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट सिरिजमा आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्डले १४५ रनमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र अविनाश बोहोरोले समान दुई/दुई विकेट लिए ।
करण केसी र ललितनारायण राजवंशीले समान एक/एक विकेट लिए । ह्यारी टम टेक्टरलाई ललितको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गरे । मार्क रिचार्डलाई करणले रन आउट गरे ।
प्रतियोगितामा दुवै देशको चार अंक छ । यसअघि नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । तीन खेल खेलेको आयरल्याण्ड भने आयोजक ओमानसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल ओमानसँग २३ असोजमा खेल्नेछ ।
तियोगितामा नेपालका करण केसी अहिलेसम्म बढी विकेट लिने खेलाडी हुन् । उनले तीन खेलमा ९ विकेट लिएका छन् ।