आयरल्याण्ड विरुद्ध नेपालका लागि सन्दीपले दिलाए पहिलाे सफलता
आयरल्याण्ड बिरुद्ध नेपालका लागि सन्दीप लामिछानेले पहिलाे विकेट लिएका छन् ।
ओमानमा जारी पाँच देशबीचको टी २० क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस हारेको छ । टस जितेको आयरल्याण्डले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
प्रतियोगितामा दुवै देशको चार अंक छ । यसअघि नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । तीन खेल खेलेको आयरल्याण्ड भने आयोजक ओमानसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल ओमानसँग २३ असोजमा खेल्नेछ ।
तियोगितामा नेपालका करण केसी अहिलेसम्म बढी विकेट लिने खेलाडी हुन् । उनले दुई खेलमा ८ विकेट लिएका छन् । त्यस्तै आयरल्याण्डका केबिन ओ’ब्राइन सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनले एक शतकसहित तीन खेलमा १८६ रन बनाएका छन् ।