चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने
चिनियाँ राष्ट्रपति सी जिङफिङ शनिबार दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
लामो समय देखि भ्रमणकाे तयारी भए पनि बुधबार मात्रै परराष्ट्र मन्त्रालयले सी नेपाल आउनेबारे औपचारिक जानकारी दिएको छ । मन्त्रालयका अनुसार, राष्ट्रपति सी शनिबार र आइतबार नेपालमा रहनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हुने सीको राजकीय भ्रमणमा विभिन्न विषयमा सम्झौता हुनेछ । सीले प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपालका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।