भिडियो मार्फत प्रधानमन्त्रीले भने– स्वास्थ्य, मित्रता र सामाजिक शान्तिमा ध्यान दिनुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो मार्फत दशैंको शुभकामना दिएका छन् ।
२ मिनेट १६ सेकेण्ड लामो भिडियो मार्फत प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर रहेका नेपालीहरुलाई दशैंको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले संस्कृतिका नाममा गलत प्रचलन त्याग्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, “स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकुल असर नपरोस् भनी ध्यान दिने र परिवार, छिमेक, आफन्तमा सद्भाव फैलियोस् ।”
राजनीतिक अधिकारको आन्दोलन सकेर समृद्धिको यात्रा तर्फ अगाडि बढेको प्रधानमन्त्रीको भनाइ छ ।