प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुले राष्ट्रपतिबाट टीका लगाए
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रम पत्नी राधिका शाक्यलाई विजया दशमीको टिका लगाइदिएकी छन् ।
पत्नीसहित टिकाका लागि राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रमलाई टिका लगाइदिएकी थिइन् ।
राष्ट्रपतिले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, सत्तारुढ नेकपाका पदाधिकारीलगायतलाई टिका र आर्शीवाद दिएकी थिइन् ।
राष्ट्रपतिको टिका लगाउने क्रम जारी छ ।