टीकाको साइत १०ः३५ बजे
हिन्दु धर्मावलम्बीको ठूलो चाँड बडा दशैंको विजया दशमीं आज देशभर मनाइँदैछ ।
अभिभावक र मान्यजनका हातबाट नवदुर्गाको प्रसाद रातो टीका र जमरा लगाएर यो चाँड मनाउने चलन छ ।
आज टीकाको साइत १०ः३५ बजे उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
त्यसो त टीकाको दिन जुनसुकै समयमा पनि टीका लगाउनु शुभ मानिन्छ ।
मंगलबार चन्द्रमा मकर राशीमा रहेकाले टीका लगाउने पूर्व र लगाइदिने पश्चिम फर्केर बस्नु राम्रो हुने पनि जनाइएको छ ।