जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।
मृतकको सनाखत भएको छैन । घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।