नेदरल्याण्ड्सद्वारा नेपाललाई १३४ रनको लक्ष्य प्रस्तुत, सन्दीप र करणले लिए चार/चार विकेट
ओमानमा जारी टी–२० सिरिजमा नेदरल्याण्डस्ले नेपाललाई १३४ रनको चुनौती दिएको छ । आक्रामक थालनी गरेको नेदरल्याण्डस् विरुद्ध सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे । दुवैले चार/चार विकेट लिए ।
दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले चार विकेट लिए । १५औं ओभरको दोस्रो बल र १८औं ओभरको दोस्रो र चौथौं बलमा सन्दीपले विकेट लिएका थिए ।
नेपालका लागि करण केसीले पनि विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । अन्तिम ओभरमा दुई विकेट लिदै करणले दुई विकेट लिएपछि नेदरल्याण्डस् अलआउट हुँदै १३३ रनमा समेटिएकाे थियाे ।
अविनास बाेहाेराले बलिङ गरेकाे १९ ओभरकाे अन्तिम बलमा नेदरल्याण्डस्का फ्रेड क्लासेन रनआउट भएका थिए ।
एक ओभर मात्रै बलिङ गरेका कप्तान पारस खड्का भने निकै महँगाे सावित भए । पारसले एकै ओभरमा १४ रन खर्चिए ।
टस जित्दै नेपालले नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो ।
आइतबार हङकङसँग जित निकालेको नेपालले खेलाडी परिवर्तन गरेको छैन । नेपाल नेदरल्याण्डलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्ने दाउमा छ भने नेदरल्याण्ड पहिलो जितको खोजीमा छ । नेदरल्याण्डले एक खेलमा हार बेहोरिसकेको छ ।