हङकङ बिरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङ बिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
आयोजक ओमानसँग पहिलो खेलमा पराजित हङकङ बिरुद्ध नेपाल विजयी शुरुवात गर्न चाहन्छ । नेपालको प्लेइङ इलेभेनमा यस पटककै टुरबाट राष्ट्रिय टिममा डेब्यू गरेका इशान पाण्डे भने परेका छैनन् ।
पाण्डेको ठाउँमा पवन सर्राफलाई अवसर दिइएको छ । सिंगापुरको त्रिकोणात्मक सिरिजको दुई खेल पछि पाण्डेले अवसर गुमाएका छन् भने सर्राफले प्लेइङ इलेभेनमा ठाउँ पाउँदै आएका छन् ।
हङकङ बिरुद्धको खेलमा कप्तान पारस खड्का, उपकप्तान दिपेन्द्रसिं ऐरी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, सन्दीप लामिछाने, आरिफ शेख, अविनास बोहोरा, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी फिल्डिङमा उत्रिएका छन् ।