समाचारआइतबार, १९ आश्विन , २०७६

कसरी पकाउने ‘बाहुने पक्कु’ ?

हिमालखबर

कसरी पकाउने ‘बाहुने पक्कु’ ?

बाहुने पक्कु
पाकविधि सौजन्यः बुलु ज्ञवाली
पाटनढोका, ललितपुर

सामग्रीः
खसीको मासु (छाला, बोसो र मासु सहितको सकभर हाड समेत भएको तीनपत्रे मासु । अलि ठूला चोक्टा)
बेसार, नून,
नपिसेको मसला– अलैंची, सुकुमेल, जीरा, मरिच, दालचिनी, तेजपत्ता आदि
अदुवा– मसिनो गोलो चाना काटेको
जाइफल; जाइपत्र अलिअलि कुटेर
हिङ धूलो, दही र तेल

– दही र तेल भने मनग्गे चाहिन्छ । मासुमा सबै मरमसला हालेर मजाले मोल्दा दही र तेलमा नै लपक्क मुछिनुपर्छ ।
– मुछेको मासुलाई कसौंडीमा हालेर मधुरो आँचमा, सकभर दाउराको अँगेनो वा चुल्होमा बसाउने । कसौंडीका मुखमा पानी अडिने कुनै कचौरा वा सानो बाटाले छोप्ने र त्यसमा पानी हालेर कुनै गह्रौं कुराले थिच्ने ।
– बेला बेला चलाउँदै छोप्दै पकाउने ।
– पाकिसकेपछि एकदम कम चुक अमिलो (प्रतिकिलो मासु चौथाइ चिया चम्चाभन्दा कम) हालेर मोल्ने र पस्किने ।

प्रस्तुतिः किरण शर्मा र केदार शर्मा

 


 

प्रतिकृया दिनुहोस