ओमानमा जारी टी–२० सिरिजमा हङकङ बिरुद्ध भिड्दै नेपाल
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा नेपाल आज हङकङ बिरुद्ध खेल्दैछ ।
खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । नेपालको यो पहिलो खेल हो । हङकङ भने आयोजक ओमानसँग पराजित भइसकेको छ । ओमानले हङकङ बिरुद्ध सात विकेटको फराकिलो जित निकालिसकेको छ ।
नेपाल पनि विजयी शुरुवात गर्ने तयारीमा छ । अनुभवी र पुराना खेलाडीको ठाउँमा युवा खेलाडी सहितको टीम तयार पारेका कप्तान पारस खड्का हङकङलाई पराजित गर्ने रणनीतिमा छन् ।
नेपाल बाहेक सवै टीमका लागि विश्वकप छनोटको तयारी सिरिज हो । नेपालले भने यो सिरिजलाई एक्स्पोजरका रुपमा लिएको छ ।
सिरिज पछि नेपाल स्वदेश फर्कनेछ भने बाँकी टीमहरु ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड विश्वकप छनोटका लागि दुबई जानेछन् ।