नाटकीय जितसँगै लिभरपुलको अपराजित यात्रा कायमै
इंग्लिस प्रियिमयर लिगमा शनिबार राति सकिएको खेलमा लिभरपुलले नाटकीय जित निकालेको छ ।
अतिरिक्त समयको अन्त्यतिर जेम्स मिल्नरले पेनाल्टी गोल गर्दै लेस्टर सिटीलाई पराजित गरे । अपराजित यात्रामा रहेको लिभरपुलले ८ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा कायमै राखेको छ ।
लेस्टरसिटीलाई हराउन साडियो मानेले ४०औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफ १–० को अग्रता बनाएको लिभरपुल विरुद्ध लेस्टर सिटीका जेम्स माडिसनले ८०औं मिनेटमा गोल फर्काए ।
बराबर भएपछि लिभरपुलको अंक खोस्नेगरी लेस्टर सिटी खेले पनि असफल भयो । लिभरपुलका साडियो मानेलाई फल गरेपछि जेम्स मिल्नरले पेनाल्टी गोल गरे ।