ब्राइटोनसँग टोटनहाम स्तब्ध
इंग्लिस प्रिमियर लिगमा ब्राइटोन एण्ड होभसँग टोटनहाम स्तब्ध बनेकोे छ ।
अवे खेलमा टोटनहाम ब्राइटोनसँग ३–० ले पराजित भयो । यो सँगै लिगमा टोटनहामले तेस्रो हार बेहोरेको छ ।
निल पाउपेले खेलको तेस्रो मिनेटमै गोल गर्दै टोटनहामलाई पछि पारेका थिए । आरोन कोनोलीले ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।
आरोनले दोस्रो हाफको ६५औं मिनेटमा अर्को गोल थपे । टोटनहामले तीन वटा राम्रो अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ब्राइटोन जितसँगै दशौं स्थानमा उक्लिएको छ ।