युवा संघ केन्द्रीय कमिटीलाई पूर्णता
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले एकता पछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटी मध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो ।
संगठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको पहिलो बैठक समेत बोलाएको छ । बैठक १८ र १९ कात्तिकमा काठमाडौँमा आयोजना गरिएको छ । संघले २०–२१ कात्तिकमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।