घर सफा गर्न खोज्दा करेन्ट लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते
दशैंका लागि घर सफा गर्ने क्रममा करेन्ट लागेर झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
मोटरबाट पानी तानेर घर सफा गर्ने क्रममा शुक्रबार राती ८ बजे बिष्णुप्रसाद चौलागाई (६१) र श्रीमती पम्फादेबी चौलागाई (६१) लाई करेन्ट लागेको प्रहरीले बताएको छ ।
घाइते दुवैको उपचारका लागि अस्पताल लाने क्रममा विष्णुप्रसादको बाटोमै मृत्यु भएको थियो ।
पम्फादेवी थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर ल्याइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।