सशस्त्रको पनि दशैंमा निशुल्क बस सेवा
दशैंमा सशस्त्र प्रहरीले पनि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाली सेनाजस्तै सशस्त्रले पनि तीन दिन निशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।
नवमी, दशमी र एकादशीका दिन सशस्त्रको बस राजधानीमा बिहान ८ बजेबाटै चल्ने भएको छ । दशैंमा सार्वजनिक बस कम चल्ने भएकाले सशस्त्रले बस चलाउने भएको हो ।
सशस्त्रको बस ठूलो भ¥याङ–बनस्थली–वालाजु भएर चल्नेछ । सशस्त्रको अर्को रुट सितापाइला–कलंकी–बल्खु भएर चल्नेछ ।