विप्लव समूहका जिल्ला तहका नेता पक्राउ
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका एक नेतालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।
समूह अन्तर्गतको मोरङ जिल्ला सेक्युरिटी इन्चार्ज समेत रहेका आभाष भनिने कुमार खड्कालाई बिहीबार अपरान्ह पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुका अनुसार, मोरङ बुढिगंगा ३ बस्ने ३२ वर्षीय खड्कालाई जिल्ला प्रहरीबाट परिचालित टोलीले विराटनगर महानगरपालिका ४ स्थित इक्राहीबाट पक्राउ गरेको हो ।
खड्काले प्रयोग गरेको को २० प ५८८८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।