कसैले स्याल हुइँया मच्चाउदैमा सरकार रोकिन्नः मन्त्री बाँस्कोटा
सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले यो वर्ष शिलान्यास र अर्को वर्ष उद्घाटन वर्ष हुने बताएका छन् ।
गृह जिल्ला काभ्रेमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सुखी नेपाली समृद्ध नेपाल निर्माण अभियान कसैले कराउँदैमा नरोकिने बताए ।
मन्त्री बाँस्कोटाले भने, “काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।”
२२ वर्ष सत्ता चलाएर रिजल्ट नदिन नसक्नेले एकै वर्षमा रिजल्ट खोज्नु गलत हुने बताए । मन्त्री बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरे ।