सिंगापुरबाट नेपाली टोली ओमान जाँदै
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाली टोली आज ओमान प्रस्थान गर्दैछ ।
दिउँसो तीन बजे ओमान प्रस्थान गर्ने कार्य तालिका तय भएको छ । वर्षाका कारण बुधबार साँझ सिंगापुरसँगको खेल रद्द भएको थियो ।
खेल रद्द भएसँगै नेपालको उपाधि संभावना सकिएपछि नेपाली टोली ओमान प्रस्थान गर्दैछ ।
ओमानमा पाँच राष्ट्र बीच टी–२० क्रिकेट १० अक्टोबरबाट शुरु हुँदैछ । यो सिरिजमा आयोजक ओमान, नेपाल, हङकङ, आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिश्पर्धा हुँदैछ ।