हङकङ प्रदर्शनमा दुई नेपाली पक्राउ
सुपुर्दगी विधेयक विरुद्ध हङकङमा जारी प्रदर्शनका क्रममा दुई नेपाली पक्राउ परेका छन् ।
प्रदर्शनमा पक्राउ पर्ने विद्यार्थी रहेको नेपाल आदिवासी जनजाति महासंघ हङकङले उल्लेख गरेको छ । बिहीबार प्रेस बक्तव्य जारी गर्दै महासंघले पक्राउ परेको ३६ घण्टा बढी भइसकेको जनाएको छ ।
रिहाइको माग गर्दै महासंघले पक्राउ परेकाहरुलाई अन्तर्राष्ट्रिय कानूनअनुसार व्यवहार गर्न आग्रह गरेको छ । महासंघले गैर–कानूनी क्रियाकलपाबाट टाढा रहन नेपालीहरुलाई अपिल समेत गरेको छ ।