रोशनी शाही पतिसँग अलग बस्ने, तिनकुनेकाे काेठा छाडिन्
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुव्र्यवहारमा परेको बताएकी रोशनी शाही र उनका श्रीमान चित्रजंग शाही अलग-अलग बस्ने भएका छन् ।
बिहीबारकाे मिति राखेर नेपाली कागजमा लेखिएको व्यहोरामा प्रियजनहरु भनेर सम्बोधन गरिएको छ । लेखिएको छ, “थुप्रै उतारचढाब बीच हाम्रा साथ साथ २८ वर्ष बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउने रहेछन् तथापि अब खुशी साथ अलग बस्न निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ ।"
पत्रमा दुवैले हस्ताक्षर गरेका छन् । रोशनीले भनिन्, "श्रीमानले लेखेर हस्ताक्षर गर्न भनेपछि आफूले पनि गरेको हुँ ।" राेशनीलाई नेपाल सरकारले सुरक्षा दिएकाे छ । राेशनीले तीनकुनेकाे काेठा समेत छाेडेकी छन् ।