लिभरपुल, चेल्सी र बार्सिलोनाको जित
च्याम्पियन्स लिगमा बलिया क्लबहरु लिभरपुल, चेल्सी र बार्सिलोनाले जित निकालेको छ ।
बिहीबार बिहान सकिएको खेलमा लिभरपुलले रेडबुललाई ४–३ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलले पहिलो हाफमै ३–१ को अग्रता लिएको थियो ।
लिभरपुलका लागि खेल शुरु भएको नवौं मिनेटमै साडियो मानेले गोल गरेका थिए । २५औं मिनेटमा रोबर्टसन र ३६औं मिनेटमा मोहमद सलाहले गरे गर्दै सहज अग्रता बनाएको थियो ।
रेडबुलका लागि ह्वाङ ही चानले ३९औं मिनेटमा गोल गरे । दोस्रो हाफमा लगातार टकुमी मिनामिनोले ५६औं र हालादले ६०औं मिनेटमा गोल गर्दै खेल ३–३ को बराबरीमा पुग्यो ।
तर, सलाहले ६९औं मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे ।
अर्को खेलमा चेल्सीले लोस्कलाई २–१ ले पराजित गरेको छ । चेल्सीका लाग टमी अब्राहमले २२औं र विलियमले ७७औं मिनेटमा गोल गरे भने लोस्कका लागि भिक्टोर ओसिमहेनले ३३औं मिनेटमा गोल फर्काए ।
अर्को बलियो टीम बार्सिलोनाले पनि इन्टर मिलनलाई पराजित गरेको छ । खेल शुरु भएको दुई मिनेट नबित्दै मिलनका लागि लौटारो मार्टिन्जले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।
तर, दोस्रो हाफमा बार्सिलोनाका लुइस स्वारेजले ५८औं र ८४औं मिनेटमा गोल गर्दै टीमलाई जिताए । जितसँगै तीन वटै टीम आ–आफ्नो समूह चरणको दोस्रो स्थानमा उक्लिएको छ । समूह चरण अन्तर्गत सवै क्लबको दुई÷दुई वटा खेल सकिएको छ ।