बारामा एक भारतीयसहित एकै परिवारका पाँचजनाको मृत्यु, शव खाल्डोमा भेटियो
बाराको फेटा गाउँपालिका ४ बतरामा एकै परिवारको ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जोदा मुखिया विन, उनको भाई महेन्द्र मुखिया विन, महेन्द्रको श्रीमति लालमुनी मुखिया, उनीहरुको छोरी १२ बर्षिया सचमनी मुखिया र एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।
भारतिय नागरिक घरमा पाहुना लाग्न आएका थिए।
उनीहरुको शव खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी पाए लगतै प्रहरी घटनास्थल पुगेको छ ।
मृत्युको कारण खुल्न सकेको छैन । मृतकहरूको शरीरमा कुनैपनि चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
डिएसपी रञ्जित सिंह राठौरका अनुसार घरमा रक्सी बनाउने कच्चा पदार्थ भेटिएको छ । घरमा वृद्ध उमेरका आमा बुवा र स साना केटाकेटी मात्रै छन् ।