काठमाडौं आयो राष्ट्रपति सीको परीक्षण उडानको जहाज
चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणको तयारी तीब्र पारिएको छ ।
यसैक्रममा सीको नेपाल भ्रमणका लागि चिनियाँ जहाजले परीक्षण उडान भरेको छ । चिनियाँ जहाजको परीक्षण उडानमा आएको विमान दिउँसो २ बजे काठमाडौं आइपुगेको हो ।
परीक्षण उडानका क्रममा अन्य व्यवसायिक उडान केही बेर रोकिएको थियो । सीको भ्रमणबारे तयारी गर्न चिनियाँ विदेश मन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभाग प्रमुख सोङ ताओले नेपाल भ्रमण गरिसकेका छन् ।
सी १२ देखि १४ अक्टोबरभित्र नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ । तर, दुवै पक्षबाट अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन ।