लिवियाको विमान अपहरण गरी माल्टामा
चालक दलका सदस्य सहित ११८ यात्रु सवार लिवियाको विमान अपहरणमा परेको छ ।
अफ्रिकिया एयरवेजको एयर बस ए ३२० लाई एक व्यक्तिले अपहरण गरी माल्टा पुर्याएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
समाचारका अनुसार आफूलाई गद्दाफी समर्थक बताउने युवकले आफूसँग ग्रिनेड भएको बताएर अपहरण गरेको बुझिएको छ ।
उनका मागहरु अझै स्पष्ट भइनसकेको ‘माल्टा टाइम्सले’ जनाएको छ ।
लिवियाका नेता मुअम्मर गद्दाफी सन् २०११ मा मारिएका थिए । अहिले पनि त्यहाँ विभिन्न समूहबीच चर्को द्वन्द्व चलिरहेको छ ।
माल्टा विमानस्थलमा अपहरणमा उतारिएको उक्त विमानलाई केही सय मिटर परबाट त्यहाँका सैनिकहरुले घेरी राखेका छन् भने माल्टा एयरपोर्टमा अन्य विमानहरुको उडान र अवतरण रोकिएको छ ।
उक्त विमान दक्षिणपश्चिम लिवियाको सवहाबाट त्रिपोलीका लागि उडेको थियो ।
लिवियाको राजधानी त्रिपोलीभन्दा ५०० किमी उत्तर पर्ने माल्टा युरोपियन युनियनको सदस्य राष्ट्र हो ।