सभामुखको राजीनामाको भाषा संविधानकाे मर्म बिपरीतः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ३ ले गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा नेता सिंहले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्म बिपरीत भएको बताए ।
पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रह समेत गरे ।
अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।
पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गरे ।