बाघको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई १० लाख
बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ ।
बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले राहत रकम दिएको होे ।
थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गरे ।
नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो ।