बायरलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
च्याम्पियन्स लिगमा समूह चरणको दोस्रो खेलमा बायरलाई हराउँदै युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बलियो टीम युभेन्टस सँग बायर ३–० गोल अन्तरले पराजित भयो । पहिलो खेलमा अंक बाडेको युभेन्टसले भने प्रष्ट जित निकाल्दै चार अंक सहित समूहको शीर्ष स्थानमा सुरक्षित गरेको छ ।
युभेन्टसको जितमा क्रिश्चियानो रोनाल्डो, फेडेरिको र गोञ्जालोले गोल गरे । गोञ्जालोले १७औं मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्टस विरुद्ध बायरले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । युभेन्टसका लागि भने ६१औं मिनेटमा फेडेरिको र ८८औं मिनेटमा रोनाल्डोले गोल गरे ।