टोटनहाम विरुद्ध बायर्नको फराकिलो जित
च्याम्पियन्स लिग फुटबलमा टोटनहाम विरुद्ध बायर्नले फराकिलो जित निकालेको छ । बायर्नको जितमा सर्ज गनाब्रीले ह्याट्रिक सहित चार गोल गरे ।
सर्जले ५३, ५५,८३ र ८८औं मिनेटमा गोल गरेका थिए । खेलमा पहिलो गोल भने टोटनहामका लागि सनले गरेका थिए । खेल शुरु भएको १२औं मिनेटमै सनको गोलमा टोटनहामले अग्रता लिएको थियो ।
तर, यो अग्रता धेरै बेर टिक्न सकेन । बायर्नका किमिचले तीन मिनेट लगत्तै गोल गर्दै १–१ को बराबरी बनाए । ४५औं मिनेटमा फेरि बायर्नले गोल गर्दै २–१ को अग्रता निकाल्यो ।
दोस्रो हाफमा हेरी कनले सान्त्वना गोल फर्काए । तर, यसपछि भने लगातार बायर्नले गोल गर्दै ७–२ गोल अन्तरले जित निकाल्यो । जितसँगै दुई खेलमा ६ अंक सहति बायर्न समूह ‘बी’को शीर्ष स्थानमा कायमै रहेको छ ।