जिम्बाबेले दिएको १६१ रनको लक्ष्य पछ्याउँदै नेपाल
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
पहिलो खेल पाँच विकेटले जितेको जिम्बाबेले दोस्रो खेलमा ६ विकेटको क्षतिमा १६० रन बनाएको छ । जिम्बाबेका लागि कप्तान सिन विलियम्सले सर्वाधिक ५३ रन बनाए । कप्तान विलियम्सलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले दुई÷दुई विकेट लिए भने अविनास बोहोराले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा छ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल जिम्बाबे सँग बदला लिदै उपाधि जित्ने मनसायमा छ ।