नेपाल–भारत नाका तीन दिन बन्द हुने
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।
सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा १८ असोजदेखि जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुने भएकाले तीन दिनसम्म नाकाबन्दी गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
१६ असोज साँझ ५ बजेदेखि १८ असोज साँझ ५ बजेसम्म सीमा बन्द हुने प्रजिअ पौडेलले बताए । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।
दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले २७ असोज साँझ ५ बजेदेखि तीन दिन धार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।