कला/साहित्यमंगलबार, १४ आश्विन , २०७६

छाेरी एन्जेलिजासँग सुगम पाेखरेलको ‘शुभ दशैं’ गीत सार्वजनिक (भिडियाे सहित)

हिमालखबर

गायक सुगम पोख्रेलले आफ्नी छोरी एन्जेलिजा पोख्रेलसँग शुभ दशैं बोलको गीत लिएर आएका छन् ।

उनले गीत रिलिजबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन् ‘अहिलेको हाम्रो परिस्थिति अनि बिकसित जीवनशैली हेर्दा पुराना साँस्कृतिक मुल्य मान्यता, संस्कार, चाल चलन अनि दर्शन ओझेल पो पर्न थाले कि भन्ने आभास भयो । त्यसैले तपाँईं हाम्रा यस्तै भावना, भोगाइलाई समेटेर यो साल ‘शुभ दशैं’ शीर्षकको नयाँ गीत ल्याएका छौं ।’

गीतको म्युजिक भिडियोमा पनि पोख्रेल बाबुछोरीको अभिनय देख्न सकिन्छ । सुगमकै शब्द संगीतमा रहेको यो गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजानिक गरेका हुन् । उनको यो भन्दा पहिला पनि दशैं गीत ‘वर्षमा दिन नि लै लै...’ चर्चित छ ।

 

प्रतिकृया दिनुहोस