अष्ट्रेलिया विरुद्ध खेल्ने नेपाली टीम घोषणा, विराज फेरि पनि परेनन्
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोट खेलमा अष्ट्रेलिया विरुद्ध खेल्ने नेपाली टीमको घोषणा गरिएको छ ।
तर, कप्तान विराज महर्जन यस पटक पनि टीममा नपरेपछि किरण लिम्बुले कप्तानी भूमिका निर्वाह गर्नेछन् । कुवेत र चाइनिज ताइपेई विरुद्धको खेलमा पनि किरण नै कप्तानी भूमिकामा थिए ।
कुवेतसँग लज्जास्पद पराजय बेहोरे पनि ताइपेई सँग नेपालले जित निकालेको थियो । अष्ट्रेलिया विरुद्ध खेल्ने नेपाली टीममा नवयुग श्रेष्ठ र अजित भण्डारीले कमब्याक गरेका छन् ।यसअगाडि दुवै खेलाडी टीममा थिएनन् ।
नेपाली टीम
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द
स्ट्राइकरः विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ ।