माओकै जस्ताे पोशाकमा सी
जनवादी गणतन्त्र चीन स्थापना भएको ७०औं वर्ष पुगेको छ । जनगणतन्त्र स्थापना दिवसको अवसरमा मध्य बेइजिङ विशाल प्रदर्शन गरिएको छ ।
चीनभर विभिन्न कार्यक्रम गरी जनगणतन्त्र स्थापना दिवस मनाइदैछ । ट्यांक, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लञ्चर, १५ हजार सैनिक भेला गरिएको तियानआन्मेन स्क्वायरमा राष्ट्रपति सी जिङफिङ भने माओले लगाएकै जस्तो पोशाकमा उपस्थित थिए ।
माओ पछिको शक्तिशाली नेता मानिने सीले चीनको संविधानमै सी विचारधारा समावेश गरिसकेका छन् । दिवसको उद्घाटन गर्दै सीले कुनै पनि शक्तिले चिनियाँ र चीनलाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न नसक्ने बताएका छन् ।
१ अक्टोबर १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी विजयी हुँदै जनगणतन्त्र स्थापना भएको थियो । त्यस यताको आधुनिक चीनले असाधरण विकास गरेको छ ।