तीन बजे कांग्रेसको पत्रकार सम्मेलन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन बोलाइएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, समसायिक विषयमा कांग्रेसको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागिएको छ ।
२४ भदौं–७ असोजसम्म चलेको दोस्रो चरणको जागरण अभियानबारे समेत पत्रकार सम्मेलनमा जानकारी दिइने प्रवक्ता शर्माले बताए ।