खुला दिसामुक्त नेपाल घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले खुला दिसामुक्त नेपाल घोषणा गरेका हुन् ।
नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्प गरे । राष्ट्रिय सभागृहमा राष्ट्रिय झण्डा फहराएर खुला दिसामुक्त नेपाल घोषणा गरिएको थियो ।