जनताको मन जितेर संविधान संशोधनः नेम्वाङ
पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् ।
इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेम्वाङले जनताको मन जितेर नै संविधान संशोधन हुन सक्ने बताए ।
वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।
जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको नेम्वाङले बताए । “२०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन” नेम्वाङले भने, “अहिले कति विकास भएको छ आफँै देख्न सकिन्छ ।”