नेपाल अंक तालिकाको शीर्ष स्थानमा
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जिम्बाबे सँगको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएपनि सिंगापुरसँग शानदार जित निकालेको थियो । कप्तान पारस खड्काले विश्व कीर्तिमानी ब्याटिङ गर्दा नेपालले २६ बल बाँकी रहँदै नौ विकेटले जित निकालेको थियो ।
सिंगापुर विरुद्धको शानदार जितकै कारण नेपालको रनरेटमा सुधार हुँदा नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आइतबार साँझको खेलमा जिम्बाबे सिंगापुर सँग चार रनले पराजित हुँदा नेपाल शीर्ष स्थान सफल भयो ।
नेपालले जिम्बाबे सँगको दोस्रो खेल मंगलबार साँझ ५ः१५ बजे र सिंगापुर विरुद्ध बुधबार साँझ ५ः१५ बजे खेल हुँदैछ ।