सडक भत्किदा सवारी अवरुद्ध
चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ ।
बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ नजिक आउँदै गर्दा जनजीवन कष्टपूर्ण बन्न पुगेको लिम्चुङबुङ गाउँपालिका बासबोटेका लोकबहादुर राईले बताए ।
गत असारको अन्तिम हप्ता आएको भीषण वर्षाले भत्काएको मुर्कुची लिम्चुङबुङ सडकखण्ड बन्द भएको एक महीनापछि बल्ल भदौको पहिलो हप्ताबाट सुचारु भए पनि पुनः वर्षाका कारण बन्द हुन पुगेको लिम्चङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राई बताइन् ।